हेटौँडामा जारी जिल्ला लिग खेलको बिचमा झडप भएपछि खेल स्थगित

13
Want create site? Find Free WordPress Themes and plugins.

साउन,४-

हेटौँडामा जारी जिल्ला लिग अन्तरगत बुधबारको अन्तिम खेल स्थगित भएको छ । खेल सकिन केही समय बाँकी रहँदा खेलाडिबीच हात हालाहाल भएपनि खेल स्थगित भएको हो ।
एफसी इन्टरनेट सिटि र बाग्मति गाउँपालिकाको खेलमा इन्टरनेटका विक्रम बानियाँले रातो काड पाएका थिए, त्यस क्रममा विवाद भएपनि खेल अघि बढेको थियो । खेलमा इन्टरनेट १ गोलले अगाडि रहँदा पुनः बाग्मति र इन्टरनेटका खेलाडिबीच हात हालाहाल भएको थियो ।

खेलाडिबीच हात हालाहाल भएपछि दर्शक समेत पुगेका थिए । त्यसपछि झडप शुरु भएको थियो । प्रहरीले भिड तितरवितर गर्न लाठिचार्ज समेत गर्नुपरेको थियो । विवादपछि आयोजक मकवानपुर फुटबल संघले खेल स्थगित गरेको छ ।  यसअघि दिउसो भएको पहिलो खेल मकवानपुर सिटी युनाईटेडलाई ४–० गोल अन्तरले पराजित गर्दै सक्षम युवा क्लब नेवारपानी विजयी भएको छ । सक्षमका लागि रविन्द्र लामाले २ गोल गरेका थिए भने दिनेकुमार गोले र अमृत गोलेले १/१ गोल गरेका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here