हेटौँडामा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको दोश्रो दिन १५ लाख बराबरको कारोबार

41
Want create site? Find Free WordPress Themes and plugins.

धर्मेन्द्र दाहाल
हेटौँडा÷ हेटौँडामा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको दोश्रो दिन १५ लाख बराबरको कारोबार भएको आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ । मेलाको दोश्रो दिन १० हजारले मात्र मेला अबलोकन गरेको जनाउँदै आयोजकले शनिबार अबलोकनकर्ताको भिड बढने अनुमान गरेको छ ।
नाकाबन्दीको असरले पारेको इन्धन अभावको कारण शुक्रबार पनि सोचेजस्तो अबलोकनकर्ताए नआउँदा आयोजकमा भने केहि निराशा छाएको देखिन्थ्यो । राष्ट्रिय कलाकारहरुले सांगेतिक प्रस्तुति दिँदा पटक–पटक साउण्ड सिस्टममा खराबी देखिदा भएका केहि दर्शकहरुपनि निराशा बनेका थिए । यो वर्षको मेलालाई भुकम्पको पीडाले पनि केहि रौनकतामा कमि ल्याउन सक्ने विश्लेषकहरुले दाबी गरिरहेको बेला भएको मेलाको सुरुवातमा यसको संकेत देखिएको छ ।
मेलामा शुक्रबारको सहभागिताबारे गरिएको प्रश्नको जवाफ दिँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले साना सबारी आन्दोलनको कारण सहभागितामा केहि कमि आएको बताए ।
शुक्रबार लोक गायक जीवन परियार, गायिकाद्वय जुनु रिजाल र आस्था वि राउत, गायक रामचन्द्र काफ्ले, चेपाङ गायक रविनकुमार चेपाङले आफ्नो प्रस्तुती देखाएका थिए । यो वर्ष आर्कषर्णको रुपमा राखिएको हेलिकप्टरबाट ३० जनाले सिटी टुर गरेको उपसमिती संयोजक उज्वल चौलागाँईले बताए ।
१० दिनसम्म चल्ने मेलामा ४ सय स्टलहरु रहेका छन् । मेला आयोजक मकवानपुर उद्योग वाणिज्य संघले यो वर्ष मेलामा ५० करोडको कारोवार हुने अपेक्षा ब्यक्त गरेको छ । मेलाले नाकाबन्दीले नागरिकलाई दिएको पीडालाई केहि कम गर्ने अपेक्षा समेत आयोजकले लिएको छ ।
यो वर्ष मेलामा बैष्णब देबीको मन्दीर, डाईनोसरको अवस्था, हेलिकप्टरबाट सहर परिक्रमा लगाएतको नयाँ विषय पनि समेटिएको छ । त्यसैगरी हेटौँडा आईडलको निरन्तरता पनि रहेको आयोजकले जनाएको छ । मेलामा यो वर्ष २१ वटा औद्योगिक स्टल, ६ वटा हस्तकलाका स्टल, २३ वटा होटल, १७ वटा अटो, २६ वटा आईटी सहित ४ सय स्टल रहने छन् । यसैगरी सहयोगको ५ वटा स्टलहरु, बैंक तथा इन्सुरेन्सको ५, शैक्षिक ५, खेल १४, कृषि २०, स्वास्थ्य ६, जुत्ता ५०, अधिकृत विक्रेता ४० स्टलहरु रहेको छ । मेलामा यो वर्ष मकवानपुसरमा निकै लोप्रिय भएको चटपटेको पनि १० वटा स्टल रहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here