हेटौँडामा मेयर कप फुटबल हुने

24
Want create site? Find Free WordPress Themes and plugins.

माघ,१९-
हेटौँडा उपमहानगरपालिकाको आयोजनामा हेटौँडामा फागुन १९ गतेबाट मेयर फुटबल आयोजना हुने भएको छ ।
आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक उपमहानगरपालिकाले नगरकप फुटबलको जानकारी गराएको हो । नगर कपको तेश्रो संसकरणको रुपमा रहेको नगरकपलाई यो पटक थप भब्य बनाईने नगरपालिकाले जनाएको छ ।

नगरकपको विषयमा जानकारी दिँदै हेटौँडा उपमहानगरपालिका सामजिक विकास प्रवन्धक भिम तिमल्सीनाले यो वर्षको नगर कपमा विजेता टिमले १ लाख ५० हजार तथा उपविजेता टिमले ७५ हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताए ।
नगर कपमा विषयगत विधामा समेत पुरस्कार दिईने जनाईएको छ ।

उत्कृष्ट खेलाडीले १५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सयका दरले पुरस्कार पाउने खेलको संयोजन गर्ने जिम्मा पाएको जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहालले जानकारी दिए ।

प्रतियोगिता हेटौँडाको हुप्र खेल मैदानमा हुने समेत आयोजकले जानकारी दिएको छ । प्रतियोगिता हेटौँडा उपमहानगरपालिकाका १९ वटा टिमहरुको सहभागिता हुने जनाईएको छ । यस अघि वडा कपको रुपमा उक्त प्रतियोगिता सञ्चालन गर्ने गरिएको थियो । प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरु सोहि वडाको वासिन्दा भएको हुनुपर्ने बताईएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here