हेटौंडामा पहिलो पटक प्याराफिट

37
Want create site? Find Free WordPress Themes and plugins.

हेटौँडामा फागुन १ गतेबाट हुन लागेको अन्तराष्ट्रिय गोल्डकपमा मकवानपुरेले नयाँ स्वाद पाउने भएका छन् । मकवानपुरमा गर्न लागिएको प्रतियोगितामा पहिलो पटक दर्शकहरुले प्याराफिटमा बसेर फुटबल हेर्न पाउने
भएका हुन् । त्यसको लागि आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले ६ लाख रुपैँया खर्च गरेर फलामे प्याराफिटको निर्माण गरेको छ ।
प्रतिष्ठानले पहिलोपटक गर्न लागेको प्रतियोगितालाई मध्यनजर गर्दै १ हजार २ सय दर्शक अटने प्याराफिट निर्माण गरेको हो । प्याराफिट निर्माणको विषयमा जानकारी दिँदै प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले भने‘ मकवानपुरको हेटौँडामा पहिलो पटक गर्न लागिएको अन्तराष्ट्रिय फुटबलमा मकवानपुरे दर्शकले नयाँ स्वाद पाउन सकुन र प्रतियोगितालाई थप स्तरिय बनाउन सकियोस भन्ने उदेश्यले प्यारापिट निर्माण गरिएको हो ।’
प्याराफिटमा बसेर प्रतियोगिता हेर्नको लागि दर्शकले १ सय ५० प्रति खेल तिर्नुपर्ने आयोजकले जनाएको छ । यदि सबै खेलको टिकट एकैपटक लिए १ हजार मात्र लाग्ने आयोजकले जानकारी दिएको छ । त्यसैगरी नर्मल टिकटको लागि ५० रुपैँया राखिएको आयोजकले जनाएको छ ।२ फिटबाट ९ फिट सम्म अग्लो प्याराफिडबाट प्रतियोगिता हेर्दा मकवानपुरले नयाँ स्वादको अनुभुति गर्न पाउने आयोजकले जनाएको छ ।
६० जना स्वयम्सेवक परिचालन
हेटौँडामा गर्न लागिएको पहिलो अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको लागि आयोजकले ६० जना ‘स्पेसल’ स्वयमसेवक परिचालन गर्ने जनाएको छ ।
आयोजकले आजबाट उनीहरुलाई तालिम प्रदान गर्न लागेको आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानका महासचिव सबिन न्यौपानेले जानकारी दिए । खेललाई मर्यादित बनाउनको लागि पनि स्वयमसेवकहरु अति आवश्यक भएको भन्दै स्वयमसेवकहरुलाई तालिम दिन लागिएको जनाईएको छ ।
– धर्मेन्द्र दाहाल, हेटौँडा

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here