हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिले नव निर्वाचित जन प्रतिनिधि सम्मान तथा अा व २०७३/७५ को नीति कार्यक्रम योजना र बजेट मा सुझाव संकलन कार्यक्रम सम्पन्न

288
Want create site? Find Free WordPress Themes and plugins.

आषाढ,२४-

हेटौंडा बचत तथा ऋण सहकारी संस्था लि हेटौंडा ७ नागस्वतीको शनिवार नव निर्वाचित जन प्रतिनिधि सम्मान तथा अा व २०७३/७५ को नीति कार्यक्रम योजना र बजेट मा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।संस्थाको सभाहलमा भएको कार्यक्रममा हेटौंडा ७ वडाका नवनिर्वाचित प्रतिनििधहरु अध्यक्ष राजन थापा तथा सदस्यहरु कृष्ण प्रसाद दहाल सपना बिक सन्तुमाया पाख्रिन र देवराज रिमाललाई स्वागत तथा सम्मान गरिएको थियो निर्वाचित थापा सहकारीका सचिव , सदस्य दहाल सञ्चालक तथा सदस्यहरु पाख्रिन बिक र रिमाल शेयर सदस्य हुनुहुन्छ ।संस्थाका अध्यक्ष ईन्द्र बहादुर बस्नेतको सभापतित्व तथा वडा अध्यक्ष राजन थापाको प्रमुख अातिथ्वमा कार्यक्रम सम्पन्न भएको थियो ।सोही कार्यक्रममाा संस्थाले अा.ब.२०७४/७५ को लागि ७४,६६,८०,१००/-को बजेट पेश गरेको थियो अा.ब.२०७३/७४मा ४३,५१,३७,५००/-को अनुमानित बजेट पेश गरेको संस्था ले जेष्ठ महिना भित्रै लक्ष्य भन्दा ८,२१,००,०००/-को कारोबार गर्न सफल भएको संस्थाका प्रवन्धक रामशरण गौतम द्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।संस्थाले यही अाषाढ सम्म अाफ्नो कारोवार समेत ५६,२८,१८०००पुग्ने संशोधित अनुमान गरेको छ ।५६ जनाको सहभागिता रहेको कार्यक्रममा सहभागी हरूले संस्थालाई महत्वपुर्ण सुझाव समेत दिएका छन।२०५६ सालमा स्थापित संस्थामा हाल ३३०० शेयर सदस्य रहेका छन भने अागामी अार्थिक वर्षमा ५००० शेयर सदस्य पुर्याई जिल्लाकै सबैभन्दा बढि शेयर सदस्य रहेको बचत सहकारी बन्ने अध्यक्ष ईन्द्र बहादुर बस्नेत ले बताउनुभयो ।सुत्केरी खर्च ,दुर्घटनामा परि घाईते शेयर सदस्यलाई राहत तथा मृत्यु भएका सदस्यलाई समेत राहत दिदै अाईरहेको संस्थाले २४सै घण्टा अाकस्मिक कर्जा समेत दिदै अाईरहेको संस्थाका सञ्चार प्रमुख सुशील सुवेदीले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here