हेटौडामा सूचना प्रवाह सम्बन्धि नेपाल पत्रकार महासंघले एकदिने कार्यक्रम

88
Want create site? Find Free WordPress Themes and plugins.

हेटौँडा,१६ असार
राष्ट्रिय सूचना आयोगका प्रमुख चूचना आयुक्त कृष्णहरि बास्कोटाले सरकारी कार्यालयका प्रमुखहरुलाई सूचना नलुकाउन निर्देशन दिएका छन् । सूचनाको हक आम नागरिकको भएको बताउँदै सरकारी कार्यालयमा भएको सूचना आम नागरिकले पाउने उसको अधिकारलाई संविधानले ब्यवस्था गरेको बताए ।
नेपाल पत्रकार महासंघ मकवानपुरले आज बिहिबार हेटौडामा गरेको कार्यक्रममा बोल्दै बास्कोटाले सूचना लुकाउँदैमा कर्मचारीहरुको कुनै बडुवा, घटुवा नहुने बताउँदै निर्धक्क भएर आफ्ना कार्यालयमा भए गरिएका कामहरुको जानकारी आम नागरिकले जान्न पाउने अधिकारको प्रत्याभुति गराउने काम पनि प्रत्येक कार्यालयको सूचना अधिकारीहरुको भएको उल्लेख गरे ।
सूचना दिने काम सरकारी अड्डाको मात्र दायित्व नभएको बताउँदै बास्कोटाले सरकारी, गैरसरकारी सस्था तथा राजनीतिक दलहरुले पनि जनताले चाहेको सूचना प्रबाह गर्नुपर्ने बताए । संविधानलेनै सूचनाको हक सम्वन्धी ब्यवस्था गरेको बताउँदै उनले समय अनुसार परिवर्तन हुन सबै कर्मचारीहरुलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रममा बोल्दै बास्कोटाले सरकारी तथा गैर सरकारी निकायले गरेको सूचना प्रबाहलाई तथ्याङ्को रुपमा राखे आफुहरुले कति सूचना प्रबाह गरेको भन्ने जानकारी हाँसिल हुने बताउँदै उनले सूचना प्रबाहलाई तथ्याङ्कीय रुपमा संकलन अभियानमा लाग्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघका मकवानपुरका अध्यक्ष महेन्द्र श्रेयठको आतिथ्यतामा भएको कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय प्रशासक मुकुन्दराजप्रकाश घिमिरे, मकवानपुरका प्रमुख जिल्ला अधिकारी डाक्टर मानबहादुर विक, स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापा, हेटौँडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेल लगाएतको उपस्थिती रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here