हेटौडामा २ दिने आधारभुत पत्रकारीता तालिम सुरु

74
Want create site? Find Free WordPress Themes and plugins.

श्रावण,१०-

हेटौंडामा आजबाट दलित तथा महिला पत्रकारहरुको लागि २ दिने आधारभूत पत्रकारिता तालिमको  सुरु भएको छ । सामुदायिक रेडियो सहयोग केन्द्र र नेपाल वातावरण पत्रकार समूहको आयोजनामा २ दिने तालिम सुरु भएको हो । कार्यक्रम जागरण मिडिया, फ्रि प्रेश अनलिमीटेड दी नेदरल्याण्डको सहयोगमा भएको हो । हेटौंडा उपमहानगरपालिका उपप्रमुख मीना लामाको प्रमुख आतिथ्यता तथा नेपाल वातावरण पत्रकार समूहका कोषाध्यक्ष सोमनाथ लामिछानेको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं हेटौंडा उपमहानगरपालिका उपप्रमुख लामाले मिडियालाई बिगतमा शक्ति केन्द्रहरुले प्रयोग गरेको तितो यथार्थ सुनाउँदै संचारक्षेत्रले महिला र दलित क्षेत्रका समस्यालाई बाहिर ल्याउन सक्नुपर्ने बताईन् । उनले स्थानीय तहको चुनावबाट नयाँ उत्साहका साथ आएका जनप्रतिनिधिलाई थप उत्साह दिई समाजको विकास गर्नमा पत्रकारिताले भूमिका खेल्नुपर्ने बताईन् । ‘अहिले चुनावमा जित्ने, हार्ने र प्रतिनिधि छान्ने जनता सबै केही गरौँ भनेर नै लागेका छन्, त्यसैले सबै मिलेर अगाडि बढ्नुपर्छ, ’ उनले भनिन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईले दलित र महिलाको समाचार केबल हिंसा र छुवाछुतको समाचारलाई मात्र मान्ने गरिएको बताए । उनले मकवानपुरमा संचारगृहमा कार्य गर्ने महिला तथा दलित समुदायका पत्रकारहरु धेरै भए पनि उनीहरुलाई स्थलगत रिपोर्टिङका लागि जान समस्या भएको बताए । उनीहरु मिडिया भित्रकै कार्यमा मात्र सिमित हुन बाध्य भएको हुमागाईले बताए । २ दिनसम्म चल्ने तालिममा पत्रकारितामा पछाडि पारिएकाहरुको आवाजलाई कसरी उठाउने भन्ने बारेमा प्रशिक्षण दिईनेछ । तालिमममा मकवानपुर, मोरङ, अर्घाखाँची, सर्लाही, रौतहट लगायत १५ वटा जिल्लाका करिब ३५ जना सहभागी छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here