हेटौडा बसपार्कबाट २० किलो गाँजा बरामद

76
Want create site? Find Free WordPress Themes and plugins.

२८ फागुन, हेटौडा । चितवनको नारायणगढबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेको एक बसबाट प्रहरीले २० किलो गाँजा बरामद गरेको छ ।

शुक्रबार हेटौडा उपमहानगरपालिका-१० बसपार्कमा प्रहरीले जाँच गर्दा ना ५ ख २१४५ नम्वरको बसबाट २० किलो लागू औषध गाँजा बरामद भएको हो ।

बसका सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here