हेटौडा सडक बिस्तार कार्य अलपत्र, बिकासको नाममा बिनास हुने स्थानीयको आकांशा:के होला अब सडक बिस्तार कार्य ?

892
Want create site? Find Free WordPress Themes and plugins.

फाल्गुण,२०-

हेटौडा सडक बिस्तार कार्य अलपत्र परेको छ । डिभिजन सडक कार्यालय हेटौडाले पुर्व पच्छिम राजमार्ग अन्तर्गत हेटौडा सडकखण्डको दायाँ बायाँ २५ मिटर भित्र पर्ने संरचना भत्काउन सुरु गरेको झन्डै २ महिना हुन लागिसक्दा काम भने ५ प्रतिशत पनि भएको छैन । सुरुमा सरकारी संरचना भत्काएपछि माघको पहिलो हप्ता देखि निजि घर भत्काउन सुरु गरेको सडक डिभिजन कार्यालय हेटौडाले २,३ घर भत्काएपछी अहिले कता हराएको छ पत्तो छैन । सुरुमा त सडक बिस्तारको कामलाई बन्द बिरोध र दवाव केहिले पनि नछेक्ने भन्दै तातेको सडक डिभिजन कार्यालय अहिले निदाएर बसेको जस्तै भएको छ । माघ ४ गते निजि घरमा जवर्जस्ती डोजर चलाइयो भन्दै थुप्रै बिरोधका स्वर निस्किय हेटौडा बन्द समेत भयो । सोहि कुराले मकवानपुरका नेताहरुले संसदमा नै कुरा उठाय । त्यसपछी विभिन्न कारणले  केहि दिन रोकियो बिस्तार कार्य । केहि दिन पछी फेरी जुर्मुरियो सडक डिभिजन कार्यालयले हेटौडा बुद्धचोकमा भएको ट्राफिक कार्यालय भत्कायो र भोलि पल्ट राप्तिरोडको एउटा घर भत्काइयो । त्यस पछी आज सम्म सडक बिस्तार कार्य ठप्प छ । सडक बिस्तार हुने नहुने घर भत्किने नभत्किने, कति भत्किने कहिले देखि भत्किने कुनै टुंगो छैन ।

सडक डिभिजननै अन्योलमा

उता हेटौडा सडक विस्तारका बारे अहिले सडक डिभिजन कार्यालय नै अन्योलमा रहेको बुझिएको छ ।  हामीले सडक डिभिजन हेटौडाका प्रवक्ता जयराम अधिकारीलाई सडक बिस्तार किन रोकिएको कहिले देखि हुन्छ भनेर प्रश्न गर्दा उनि भन्छन्, ‘त्यो मलाइ पनि थाहा छैन हामि छलफल गर्छौ अनि बल्ल भन्न सकिन्छ’ कहिले देखि भत्किन्छ टुंगो छैन । यसरी जिम्मेवार निकायनै अन्योलको स्थितिमा रहदा आम जनतालाई भने दुख भैरहेको छ । सडक भत्किन्छ भनेर व्यवसायीले रातारात आफ्नो सामान सार्ने, घरधनीले रातारात घरखाली पार्ने तर सडक डिभिजनले भने जिस्काएजस्तो मात्र गर्दा सडक डिभिजन अलि गैरजिम्मेवार बनेको होकी भन्ने भान हुन्छ । काम सुरु गरेपछी नरोकी नियमित काम अघि बढाएको भए अहिले हेटौडा सडक बिस्तारको कार्य ८५ प्रतिशत भईसक्थ्यो तर सडक डिभिजन २ दिन तात्ने १ महिना सेलाउने गर्दा काम ५ प्रतिशत पनि भएको छैन । नियमित काम नहुदा घरधनि र व्यापारीलाई निकै मार परिरहेको व्यवसायीहरुको भनाई छ ।  ‘१ दिन भत्काउन आउछ रातारात समान सार्यो, अर्को दिन चुपचाप हुन्छ फेरी सामान ओसार्यो, ‘राप्ति रोडका एक व्यापारीले गुनासो बताए । बिकासको काम निकै जायज हो, यो हुनु जरूरी छ र बिकास हुन बिनास पनि आवस्यक हुन्छ नै, तर बिकासको नाममा स्थानीयलाई सास्ती सर्वसाधारणलाइ दुख पुग्ने काम भने हुनु हुदैन । यसरी सडक विस्तारका नाममा अहिले हेटौडाको सौन्दर्यता फुङ्ग उडेको छ, सडक कति भत्किन्छ, कहिले भत्किन्छ, कहिले सम्ममा भत्किसक्छ यो कसैलाई थाहा छैन । यो भने निकै लाजमर्दो कुरो हो र सम्बन्धित निकायको गैरजिम्मेवारपन । त्यसैले हाल रोकिएको सडक बिस्तार कार्यलाई छिट्टै अघि बढाउनु र साथसाथै बिगत लामो समय सम्म बसोवास गर्दै आईरहेका हेटौडावासीलाई खुशी बनाएर सबैको सहयोगका साथ सडक बिस्तार हुनु अति जरूरी छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here