१० तोला सुन र साढे दुई लाख चोरी गर्ने महिला पक्राउ

78
Want create site? Find Free WordPress Themes and plugins.

भद,१९–

अछामको पञ्चदेवल बिनायक नगरपालिका–२ मा दिउँसै सुन र नगद चोरी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पञ्चदेवल विनायक नगरपालिका–२ मा रहेको दिलबहादुर धामीको घरबाट भदौ १६ गते दिउँसो १० तोला ४ आना सुन, २ लाख ५० हजार रुपैयाँ चोरी भएको थियो ।  चोरीको आरोपमा इलाका प्रहरी कार्यालय विनायकले रामारोशन गाउँपालिका–१ की कृष्णा साउदलाई पक्राउ गरेको प्रहरी नायव निरीक्षिक सत्यचन्द्र एमसीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान गर्न  जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरीको अनुसन्धान टोली समेत विनायक आएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here