११० जनाले निःशुल्क परिक्षण गरे हेपाटाइटिस् सी

91
Want create site? Find Free WordPress Themes and plugins.

श्रावण,१३-

हेटौँडामा ११० जनाले हेपाटाइटिस् सी रोगको निःशुल्क परिक्षण गरेका छन् । वल्र्ड हेपाटाइटिस डेको अवसरमा शुक्रबार लागु औषध नियन्त्रण शाखा मकवानपुर र मकवानपुर रिकभरिङ समुहको समन्वयमा आयोजनामा भएको १ दिने निःशुल्क हेवाटाइटिस् सी परिक्षण कार्यक्रम मार्फत् ८७ जना महिला २१ जना पुरुष र अन्य २ जना गरी जम्मा ११० जनाले हेपाटाइटिस् सी परिक्षण गरेका हुन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद दवाडीको प्रमुख आतिथ्यतामा भएको परिक्षण कार्यक्रमलाई समाजसेवी सिद्दिलाल श्रेष्ठ र तमु फार्मेसीले सहयोग गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि दवाडीले परिक्षण सामग्री हस्तान्तरण गरी कार्यक्रम सुरु गरीएको मकवानपुर रिकभरिङ समुहका सन्दिप शाक्यले बताए  ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here