१२ सय डलर पर्ने आइफोन ८ को मूल्य राख्ने भयो रेकर्ड

11
Want create site? Find Free WordPress Themes and plugins.

नयाँ आइफोनको औपचारिक उद्घाटन हुन एक हप्तामात्र बाँकी रहेका बेला यसका लगभग सबै विशेषता बाहिर आइसकेका छन् । अब यसले कुनै ठूलो ‘सरप्राइज’ बोकेर आउने सम्भावना छैन । बरु एप्पलको पछिल्लो स्मार्ट फोनको मूल्यले सबैलाई अत्याउने छ । यसको अधिकतम मूल्य हो, १२ सय डलर । लागेन त झट्का ? अमेरिकी पत्रिका फोर्ब्सका अनुसार नयाँ आइफोनको बिन्यास र मूल्यका लागि विभिन्न विकल्पहरु भएको अवस्थामा थ्री स्टोरेज अप्सन र चर्को मूल्य लगभग निश्चित भइसकेको छ ।

अहिलेसम्मका रिपोर्टहरु अनुसार आइफोन ८ को इन्ट्री लेभल ६४ जीबी मोडलको मूल्य करबाहेक ९ सय ९९ डलर पर्ने छ । यस्तै मध्यमस्तरको २५६ जीबी मोडलको मूल्य १ हजार ९९ डलर र सबैभन्दा उच्च कोटीको ५ सय १२ जीवी मोडलको मूल्य ११ सय ९९ सय डलर राखिएको छ ।

सँधैजस्तो एप्पलले स्टोरेज अनुसार मूल्यमा १ सय डलरको अन्तर कायम गरेको छ, जसले १ सय ९२ जीवी स्टोरेजमा पनि २ सय ५६ जीवीकै मूल्य पर्ने रोचक अवस्था सिर्जना भएको छ । एप्पलले पक्कै पनि ‘अर्को १९२ जीवी किन्नुस र ६४ जीवी बोनस पाउनुस’ भन्ने छैन । एप्पलले आइफोन ८ को नाफादरलाई कायम राख्नेमा शंका छैन, जुन ३५ देखि ४० प्रतिशत हुने अनुमान गरिएको छ । तर, ‘एप्पल पि्रमियम’ तिर्दाखेरी के पाइन्छ भनेर ग्राहकहरु अन्योलमा परिरहेका छन् । टिम कुक र उनको टिमले आइओएस इकोसिस्टममा ल्याउन आँटेको थुप्रै नयाँ विशेषताहरु उच्च मूल्यका एन्ड्रोइड सबैमा पाइन्छ । ओएलइडी स्किन, कर्भ ग्लास, डुअल लेन्स क्यामरा र वायरलेस चार्जिङ एप्पलका प्रतिस्पर्धि मोवाइलमा पनि आएकै हुन् । यी फिचरहरुमध्ये केही सिमित हुन गइरहेका छन् । ताररहित चार्जिङ प्रणाली क्यूआइ मापदण्डमा आधारित हुन सक्छ तर, यस्तो देखिन्छ कि एप्पलले कुपर्टिनोद्वारा लाइसेन्सप्राप्त थर्ड पार्टी डिभाइसबाट मात्र चार्ज स्वीकार गर्ने गरी आइफोन हार्डवेयरलाई लक गर्नेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here