१२ हजार घरको पुनर्निर्माण सुरु

31
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,७

सरकारले भूकम्पपीडित परिवारलाई उपलब्ध पहिलो किस्ताको अनुदान रकमबाट करिब १२ हजार घरको पुनर्निर्माण सुरु भएको दावी गरेको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले भूकम्प अतिप्रभावित जिल्लामा ११ हजार ९ सय ८९ घरको पुनर्निर्माण सुरु भएको बताएको छ । सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई प्रमुख शिवहरी शर्माले गाउँ गाउँमा खटिएका इन्जिनियरहरुको सहयोगले पुनर्निर्माण भएका घरको तथ्यांक संकलन गर्न सुरु गरेको जानकारी दिए । ‘ठाउँ ठाउँमा घर निर्माण भइरहेका छन् । अब तथ्यांक आउनेक्रम बढ्छ’- उनले भने । कार्यान्वयन इकाईका अनुसार सिन्धुपाल्चोक, काभ्रे, गोरखा, रामेछाप, मकवानपुर , ओखलढुङ्गा र रसुवा जिल्लाबाट दोस्रो किस्ताको अनुदानका लागि निवदेन दिन पनि सुरु भइसकेको छ ।

कहाँ कति घरको निर्माण थालियो ?

क्र.सं. जिल्ला निर्माण सुरु भएका घर संख्या
सिन्धुपाल्चोक १५८३
धादिङ २१४३
काभ्रे ९९५
नुवाकोट ३१६२
गोर्खा ११२४
दोलखा १२१४
रामेछाप ७००
सिन्धुली १२६
मकवानपुर ३५१
१० ओखलढुङ्गा ४६३
११ रसुवा १२८
जम्मा ११,९८९

स्रोत : सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here