१४ लाख भारुसहित दुई जना पक्राउ

30
Want create site? Find Free WordPress Themes and plugins.

बैशाख,७-

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १४ लाख बढी भारुसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्जबाट सीमावर्ती भारतीय बजार रुपईडिहातर्फ जाँदै गरेका उनीहरुलाई चौलिक्का चौकमा जाँचका क्रममा १४ लाख ८ हजार ८० रुपैयाँसहित पक्राउ गरिएको हो । संयुक्त टोलीले भारतीय ५ सय र १ हजारको नयाँ नोटसहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बाँकेका सशस्त्र प्रहरी उपरीक्षक राजु अधिकारीले जानकारी दिए । पक्राउ परेका जुम्ला लाम्रा-१ हरिश्चन्द्र डाँगी र रुकुमकोट- १ सुनिता शाहीका साथबाट २ हजारको ४३६ थान, ५ सयको ९८२ थान, १ सयको ४४३ ५० को १२ २० को ३ र १० को १२ गरी १४ लाख ८ हजार ८० भारु बरामद भएको छ । प्रहरीले केहीदिन अघिमात्र नेपालमा अबैधरुपमा भारु कारोबार गरेको आरोपमा २० लाख ४६ हजार २ सय ८० भारतीय रुपैयाँ र ७ लाख ३३ हजार १ सय ४० स्रोत नखुलेको नेपाली रुपैयाँ सहित प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here