१४ लोग्नेबाट १४ बच्चा जन्माएर विश्वरेकर्ड

91
Want create site? Find Free WordPress Themes and plugins.

अमेरिकाको डेट्रोइटमा बस्ने ३६ वर्षकी एक महिलाले हालै आफ्नो १४ औँ सन्तान जन्माएर विश्व रेकर्ड कायम गरेकी छिन् । उनले सबैभन्दा धेरै छोराछोरी पाएर रेकर्ड कायम गरेकी भने होइनन् ।

उनको यो विश्वरेकर्ड यो मानेमा थियो की उनले पाएका सबै १४ जना बच्चाहरु १४ वटै अलग अलग पुरुषबाट जन्मिएका हुन् । १४ लोग्नेबाट १४ बच्चा जन्माउने उनको यो किर्तिमानी गिनिज बुकको आगामी संस्करणमा छापिनेछ ।

अनिता सुलिवान हो उनको नाम । विश्व किर्तिमान कायम गरेसँगै उनी निकै गर्व महसुस गरिरहेकी छिन् । अनितालाई उनकी आमाले सानोमा सधै अल्छी तथा काम नलाग्ने केटी भनेर हकारिरहन्थिन् अरे । तर आफुले १४ पुरुषबाट १४ बच्चा जन्माएर आफु अल्छी नभएको प्रमाणित गरेको तथा दुनियामा कसैले गर्न नसकेको काम गरेको उनको दाबी छ ।

अनिताले पछिल्लो बच्चा हालै हार्पर युनिभर्सिटी अस्पतालमा जन्माएकी हुन् । सुत्केरी आमालाई भेट्नका लागि उनका सबै १३ जना बच्चा अस्पताल पुगेका थिए । सबै बच्चा उनको विश्व रेकर्डबाट खुसी छन् ।

आफुले आफ्ना बच्चाका बाउ छान्नमा गल्ती गरेको भएपनि अब पूरानो गल्तीबाट पाठ सिक्दै पछिल्लोपटक असल पुरुष छानेको उनको दाबी छ । आफ्नो नयाँ पार्टनर पूरानाहरुजस्तो नरहेको उनी बताउँछिन् । पछिल्लो लोग्नेसँग उनी डेढ वर्षदेखि सँगै छिन् ।

रोचक कुरा त के भने उनका यसअघिका १३ लोग्नेहरुमध्ये ११ जनासँग कानूनी रुपमै सम्बन्ध विच्छेद भैसकेको छ र उनले ती भुपु लोग्नेहरुबाट कानूनी रुपमै मानाचामल भराउँदै आएकी छिन् । अरु थप दुइ लोग्नेबाट मानाचामल भराउने मुद्दा अदालतमा चलिरहेको छ । यसअघिका १३ वटै बच्चा उनको साथमै छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here