१५ हजार घुससहित नापी अधिकृत पक्राउ

24
Want create site? Find Free WordPress Themes and plugins.

 भदौ,३१

नगद पन्ध्र हजार घुससहित नापी कार्यालय भैरहवामा कार्यरत नापी अधिकृत गंगा प्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । आरोपी साहले सिद्धार्थनगर नगरपालिकाको कित्ता नंम्बर ३४०८ को दश धुर क्षेत्रफलको जग्गा र घरको हाल साविक गर्ने काम गरिदिन घुस मागेका थिए । साहले सेवाग्राहीसँग घुस मागेको भन्दै अख्तियार बुुटवल कार्यालयमा उजुरी परेपछि अधिकृत साहलाई रंगेहात पक्राउ गरेको हो । सूचनाका आधारमा उनलाइ आयोगको बुटवल स्थित कार्यलयबाट खटिएको टोलीले सिद्धार्थनगर नगर नगरपालिका ३, सिद्धार्थ गौतम कोलोनी स्थित सेवाग्राहीको घरबाट घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार कार्यालय बुटवलले जनाएको छ । उनीबारे थप अनुसन्धान भैरहेको अख्तियार पश्चिमाञ्चल कार्यालय बुटवलले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here