१६ किलो चरेश सहित २ जना पक्राउ

83
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,७
मकवानपुर प्रहरीले १६ किलो चरेश सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शुपतिनगरका प्रहरीले हेटौँडा १७ रातमाटेमा सवारी जाँच अभियानको क्रममा चरेश सहित पर्सा जिल्ला पर्सेनी गाविस वडा नंबर ९ का श्रीलाल शाहा र भारतका विक्रमकुमार सिंहलाई ८–८ किलो चरेश सहित पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले हेटौँडाबाट पथलैया जाँदै गरेको १ ज १७२३ नंबरको बसमा चरेशलाई ज्याकेट बनाएर लगाएको अवस्थामा पक्राउ गरेको हो । उनीहरुको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here