२० मेगापिक्सेलको सेल्फी क्यामेरासहित ओप्पोले ल्यायो एफ ५ स्मार्टफोन

11
Want create site? Find Free WordPress Themes and plugins.

सेल्फी क्रान्तिको अगुवा ओप्पो स्मार्टफोनले आफ्नो नयाँ फ्ल्यागसिप स्मार्टफोन ‘ओप्पो एफ ५’ भारतमा सार्वजनिक गरेको छ । ६ इन्चको फुल एचडी डिस्प्लेसहितको यो फोन डिजाइनमा निकै आर्कषक र सफ्टवेयरमा निकै सुधार गरिएको छ । सेल्फी एक्सपर्ट ओप्पोले यो फोनमा २० मेगापिक्सेलको सेल्फी क्यामेरा दिएको छ, जसमा सेल्फी ब्युटिफिकेसन र सेल्फी आर्टिफिसियल इन्टलिजेन्सको समेत सुविधा छ ।

 

गत वर्ष सार्वजनिक गरिएको एफ ३ को पछिल्लो संस्करणका रुपमा आएको एफ ५ मा डिजाइनमा निकै सुधार गरिएको छ भने सफ्टवेयर र क्यामेरामा पनि निकै सुविधा थप गरिएको छ । यसको पछाडिपट्टीको क्यामेरा १६ मेगापिक्सेल रहेको छ । मेटल युनिबडीयुक्त ओप्पो एफ ५ कालो र रातो गरी दुई रंगमा उपलब्ध छ । ६ जीबी र्‍याम र ६४ जीबी स्टोरेजको एउटा भेरियन्ट तथा ४ जीबी र्‍याम र ३२ जीबी स्टोरेजको अर्को भेरियन्ट गरी दुई भेरियन्टमा यो फोन उपलब्ध छ । एन्ड्रोइड नौगाट अपरेटिङ सिस्टमबाट चल्ने यो फोनमा ३२०० मिलि एम्पियरको निकाल्न नमिल्ने ब्याट्री प्रयोग गरिएको छ । यो फोन नेपालमा कात्तिकको अन्तिममा सार्वजनिक हुने बताइएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here