२ दिने अभिमुखिकरण सम्पन्न

29
Want create site? Find Free WordPress Themes and plugins.

श्रावण,७-

अन्तर पार्टी महिला सञ्जाल मकवानपुरको आयोजनामा शुक्रबारदेखि हेटौँडामा सुरु भएको ‘महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व’ विषयक २ दिने अभिमुखिकरण सम्पन्न भएको छ । सञ्जाल जिल्ला कार्यसमिति मकवानपुरको आयोजना र केन्द्रीय कार्यसमितको प्रायोजनमा सुरु भएको कार्यक्रममा सञ्जालसँग आवद्ध रहेका मकवानपुरका महिलाहरुलाई अभिमुखिकरण तालिम दिइएको थियो ।

अभिमुखिकरण तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् अन्तर पार्टी महिला सञ्जालकी केन्द्रीय सचिवालय सदस्य उमा रेग्मीले हरेक ठाउँमा महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व हुन आवश्यक रहेको बताइन् । संविधानमा उल्लेखित महिला अधिकारको कार्यान्वयन धेरै ठाउँमा नभएको पाइएकोले महिला अधिकारको कार्यान्वयन हुन जरुरी रहेको उनले बताइन् । अन्तरपार्टी महिला सञ्जाल मकवानपुरकी अध्यक्ष लक्ष्मी पाख्रीनको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्जालकी केन्द्रीय सदस्य लक्ष्मी शाहको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यवहाक सभापति विष्णु लामिछाने, नेकपा एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठ, राप्रपाकी मनु विष्ट लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमलाई सञ्जालकी सचिव एवम् भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले सञ्चालन गरेकी थिइन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here