३० हजार बढी किसानले अवलोकन गरे कृषियन्त्र प्रदर्शनी

53
Want create site? Find Free WordPress Themes and plugins.

२७ फागुन, नेपालगन्ज । बाँकेको कोहलपुरमा भएको दोस्रो राष्ट्रिय कृषियन्त्र प्रदर्शनीमा झण्डै ३० हजार बढी किसानले अवलोकन गरेका छन् । कृषि मन्त्री हरिबोल गजुरेलले उद्घाटन गरेको सो प्रदर्शनी बिहीबार सकिएको छ ।

‘कृषिमा यान्त्रीकरण पद्धती अपनाउँ, कृषकको उन्नती गरौं’ भन्ने मूल नाराका साथ कोहलपुरमा फागुन २३ देखि आजसम्म दोस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०७२ को आयोजना गरिएको थियो ।

कृषि औजारको प्रदर्शनी तथा उपकरणको बारेमा कृषकलाई जानकारी गराउने उद्देश्यले राष्ट्रिय कृषि यान्त्रिकिकरण प्रदर्शनी आयोजना गरिएको नेपाल कृषि मेशिनरी व्यावसायी संघका उपाध्यक्ष उमेश मानन्धरले जानकारी दिए ।

व्यावसायी संघ र कृषि मन्त्रालयको सहकार्यमा आयोजनामा सो प्रदर्शनी आयोजना भएको हो । प्रदर्शनीमा ठूला टेक्टर, पावर टेलर, मिनि टेलर, ग्रीन हाउस, डिपएरिगेशन र साना हाते औजार लगायतको राम्रो व्यापार भएको उनले बताए ।

प्रर्दशनीमा १ सय ५० स्टलबाट साढे ५ करोड रुपैयाँ बढीको कृषि यनत्र बिक्री पनि भएको छ । मानन्धरले प्रदर्शकलाई पनि स्टल निःशुल्कै रुपमा उपलब्ध गराईएको बताए ।

एकहजार भन्दाबढी कृषि औजार र उपकरण राखिएको प्रदर्शनीमा थोपा सिंचाई प्रविधि पनि छुटसहितको अफर दिईएको स्थानीय आयोजक सरोज न्यौपानेले जानकारी दिए ।

यसअघि पहिलो प्रर्दशनी दुई वर्षअघि चितवनमा आयोजना गरिएको थियो । मध्य र सुदूरपश्चिममा कृषि यान्त्रिकीकरणको कम प्रयोग भएकाले यसको प्रचारका लागि पनि प्रर्दशनी महत्वपूर्ण हुने आयोजकको अपेक्षा छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here