३ वर्षे कार्ययोजना सहित संघको कार्यशाला गोष्ठी सम्पन्न

20
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२१-

मकवानपुर उद्योग वाणिज्य संघको आफ्नो त्रिबर्षीय विस्तृत योजना सहितको २ दिने गोष्ठी सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा चितवनको सौराहामा भएको सो कार्यक्रममा आधुनिक अतिथि गृह निर्माण, सचिवालयको आधुनिकीकरण, क्षेत्र विस्तार, औद्योगक महोत्सव, ग्रामीण पर्यटन प्रवद्र्धन, उद्यमशीलता विकास, समयसापेक्षा तालिम गोष्ठी, आन्तरिक एवम् वैदेशिक अध्ययन अवलोकन भ्रमण, सहकारी स्थापनालगायतको कार्यक्रमसहित आफ्नो तीन बर्षीय योजना तय गरेको छ ।
गत माघ १९ र २० गते भएको सो गोष्ठीमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, संघका सल्लाहकार भरत पराजुली, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली, अध्यक्ष सल्लाहकार नरोत्तम दहाल, संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । संघको कार्यशाला गोष्ठी प्रत्येक तीन बर्षमा हुँदै आएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here