४० हजार घुससहित प्रहरी इन्सपेक्टर पक्राऊ

31
Want create site? Find Free WordPress Themes and plugins.

२६ फागुन राजविराज । सप्तरीस्थित इलाका प्रहरी कार्यालय कडरवानाका प्रमुख प्रहरी निरीक्षक प्रेमबहादुर थापा र जवान अशोककुमार यादव घुससहित पक्राउ परेका छन् ।

उनीहरुले दुर्घटनामा परेको मोटरसाइकल छुटाइदिन्छु भन्दै स्थानीय महमद सागिर अलीसँग ४० हजार रुपैयाँ घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रिय कार्यालय इटहरीको टोलीले उनीहरुलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

अख्तियारका डिएसपी रमेशकुमार बस्नेत नेतृत्वको टोलीले उनीहरुलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै उनीहरुलाई पक्राउ गरेको अख्तियारको पूर्वाञ्चल क्षेत्रिय कार्यालय इटहरीका प्रमुख डुल्लुराज बस्नेतले जानकारी दिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here