५० हजार क्षमताको रंगशाला निर्माणको लागि चल्यो डोजर

32
Want create site? Find Free WordPress Themes and plugins.

धर्मेन्द्र दाहाल
हेटौँडा,५ असार
मकवानपुरेको वर्षौदेखिको रंगशालामा बसेर फुटबल हेर्ने सपना पुरा हुने भएको छ । रंगशालाको अभावमा राष्ट्रिय प्रतियोगिताहरु गर्न निकै समस्या भएपछि मकवानपुरमा रहेर खेल क्षेत्रमा योगदान दिँदै आएकाहरुले रंगशाला निर्माण समिति निर्माण गरि आजबाट हेटौँडा १० मा रहेको वनविज्ञान अध्ययन सस्थानको पछाडीतर्फ को खालि जग्गामा जग्गा सम्याउने कामको सुरुवात गरेका छन् । ५० हजार दर्शकले हेर्न मिल्ने गरि रंगशाला निर्माण अभियान सुरु गरिएको जनाईएको छ ।
मकवानपुरको लागि एउटा ‘मल्टिपल स्टेडियम’ आवश्यक रहेको भन्दै हेटौँडा रंगशाला निर्माण समिती गठन भएको थियो । मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालयमा वसेको सर्वपक्षिय भेलाले माले मकवानपुरका सचिव भिमसेन महतको संयोजकत्वमा २१ सदस्यि निमार्ण समिति गठन गरि निर्माण कार्य सुरु गरेको हो ।
समितिको सहसंयोजकमा हेटौडा स्कुल अफ म्यानेजम्यान्टका प्रीन्सीपल पुरन वहादुर जोशी र सदस्य सचिवमा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रहने भेलाले निर्णय गरेको छ । समितिमा निमार्ण व्यवसायी संघका अध्यक्ष आनन्दराम पराजुली, खेलकुद विकास समितिका पूर्व अध्यक्ष वालकृष्ण चौलागाई,वेष खड्गी, सुनिल गिरी,आरती पाठक,ज्ञानुक्षेत्री, सुविन घिमिरे रहेका छन् । यस्तै सविन न्यौपाने,दिपेश घिमिरे,धन थापा, विशाल महत, जीवन न्यौपाने, विशाल घोष, जनरल श्रेष्ठ, रहेका थिए ।
समितिको आजको बैठकले सदस्यहरुबाट रंगशाला निर्माणको लागि सदस्यहरुबाटै ६ लाख रुपैँयाको सहयोग हुने प्रतिबद्धता ब्यक्त भएपनि रंगशाला निर्माण काम आजैबाट सुरु गरिएको छ । खाली तथा उपयुक्त १२ देखि १५ विगहा क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रमा फुटबलको मात्र नभई अन्य खेलहरु समेत खेल्न मिल्नेगरि रंगशाला निर्माणको काम सुरु गरिएको समितिका संयोजक महतले जानकारी दिए ।
खबर ब्रेक डटकमलाई प्रतिक्रिया दिँदै महतले भने ‘ रंगशाला मकवानपुरेको लागि निकै आवश्यक भैसकेको छ, राष्ट्रिय खेलाडी उत्पादनमा समेत खेल मैदान निकै महत्वपूर्ण हुने हुँदा रंगशाला निर्माणको लागि सबैको सहयोग आवश्यक रहेको छ ।’

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here