५ नम्बर प्रदेश छुट्याउन खोजिएको भन्दै रोल्पामा आन्दोलन

135
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर ८ – सरकारले मधेसी मोर्चालाई सहमतिमा ल्याउनका लागि संविधान संशोधनको गृहकार्य सुरु गरिरहेको बेला पहाडी जिल्लामा नयाँ आन्दोलन सुरु हुन थालेको छ । मंगलबार मात्रै रोल्पाको सदरमुकाम लिबाङमा प्रदर्शन भएको थियो भने बुधबार आन्दोलनका लागि संघर्ष समिति गठन भएको छ । सरकारले ५ नम्बर प्रदेशको सिमाङ्कन हेरफेरसहितको संविधान संशोधन प्रस्ताव दर्ता गर्न लागेको र त्यसमा रोल्पा लगायत पहाडी जिल्लालाई ५ नम्बर प्रदेशबाट छुट्याउन लागेको भन्दै आन्दोलनका लागि संघर्ष समिति गठन गरिएको हो ।  नेपाली कांग्रेस रोल्पाका सभापति तथा सांसद अमरसिंह पुनमगरको संयोजकत्वमा गठन गरिएको जिल्ला स्तरीय सर्वदलीय तथा सर्वपक्षीय संघर्ष समितिले संसदमा संशोधन प्रस्ताव दर्ता भएमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । यस्तै ५ नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु छुट्याउन लागेको विरोधमा प्यूठान, रुपन्देही लगायतका जिल्लाहरुमा पनि विभिन्न विरोधका कार्यक्रमहरु भइरहेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here