६ वर्षे बालिकालाई अपहरणपछि बलात्कार गरेको अभियोगमा पक्राउ

25
Want create site? Find Free WordPress Themes and plugins.

भक्तपुर, फागुन २१ – राती घरमा सुतिरहेकी एक ६ वर्षे बालिकालाई अपहरण गरेर बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

फागुन ७ गते बलात्कारपछि फरार रहेका मोरङ उर्लाबारी ३ स्थायी घरभई हाल मध्यपुरथिमी नगरपालिका १६ सुकुम्बासी वस्ती बस्ने बर्ष ३२ को राजकुमार भन्ने नरबहादुर श्रेष्ठलाई महानगरीय प्रहरी बृत्त थिमीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

राती आमा छिमेकीको घरमा गएको र खाना खाएर बाबु तथा छोराछोरी सुतिसकेको बेलामा श्रेष्ठले घरभित्र प्रवेश गरी सुतेकै ठाउँबाट बालिकालाई अपहरण गरी केही परको टहरामा लगेर बलात्कार गरेको प्रहरीको आरोप छ ।

कराएमा खाडल खनेर पुरीदिने धम्की दिदै श्रेष्ठले बालिकालाई रातभरी पटक पटक बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरी बृत्त थिमीका प्रहरी नायब उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

भोली पल्ट बिहान श्रेष्ठले नै बालिकालाई घर अगाडि लगेर छाडिदिएका थिए र त्यसपछि उनी फरार भएको प्रहरीको दावी छ । अभियोग लागेका श्रेष्ठलाई जिल्ला प्रशासनबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here