७ वटा प्रदेशमा उच्च अदालत बनाउने निर्णय, कहाँ कहाँ बन्दै छ हेर्नुहोस

46
Want create site? Find Free WordPress Themes and plugins.

भदौ २९ – सरकारले सात वटा प्रदेशमा उच्चअदालत गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले पुनरावेदन अदालतलाई उच्च अदालतमा परिणत गर्ने निर्णय गरेको हो । सरकारले एक नम्बर प्रदेशको उच्च अदालत बिराटनगरमा, २ नम्बर प्रदेशको जनकपुरमा, ३ नम्बर प्रदेशको पाटनमा, ४ नम्बर प्रदेशको पोखरामा, ५ नम्बर प्रदेशको तुलसीपुरमा, ६ नम्बर प्रदेशको वीरेन्द्रनगर र सात नम्बर प्रदेशको दिपालयमा उच्चअदालत स्थापना गर्ने निर्णय गरेको हो । प्रदेशमा रहेका अरु पुनरावेदन अदालत भने उच्च अदालतको इजलासका रुपमा परिणत गरिएको छ । मन्त्रिपरिषद् बैठकले ओखलढुंगा र वीरगञ्जमा थप इजलाश राख्ने निर्णय गरेको छ । न्याय प्रशासन ऐनमा प्रदेशको राजधानी रहने स्थानमा उच्च अदालत रहने व्यवस्था गरे पनि राजधानी नतोकिएको अवस्थामा अस्थायी रुपमा उच्च अदालत राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमर्की सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो । उच्च अदालत गठन गर्ने निर्णयले संविधान र संघीयता कार्यान्वयन गर्ने आधार तयार पारेको प्रधानमन्त्री दाहालले रेडियो नेटवर्क र टेलिभिजनका सम्पादकहरुसँग बताउनुभयो । यस्तै सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here