८८ सुबेदारले पाए मानार्थ उपसेनानी

35
Want create site? Find Free WordPress Themes and plugins.

२४ फागुन, काठमाडौं । नेपाली सेनाले सेना दिवसका अवसरमा ८८ जना सैनिकलाई मानार्थ उप सेनानीको सम्मान दिएको छ । एकजनाले मानार्थ सह-सेनानी दर्जाको दज्र्यानी चिन्ह पाएका छन् ।

कार्यसम्पादन मूल्याङ्कनका आधारमा ८८ जना सुबेदारले मानार्थ उप सेनानीको उपाधि पाएका हुन् ।

सेना दिवस तथा महाशिवरात्रीका अवसरमा सैनिक मञ्च टुँडीखेलमा भएको विशेष कार्यक्रममा उनीहरुलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले मानार्थ पदको दज्र्यानी चिन्ह प्रदान गरे । यस्तै २१८ जना सैनिक तथा गैर-सैनिकलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरिएको छ ।

कार्यक्रमको राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारी उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण पनि गरिन् । कार्यक्रममा हेलिकप्टरबाट व्यानर प्रदर्शन गरियो भने राईफल र तोपबाट महाशिवरात्री बढाँई गरिएको थियो ।

सेनाले सांस्कृतिक झाँकी सहित सैन्य कला प्रदर्शन गरेको थियो । कार्यक्रममा राष्ट्रपति भण्डारीले सेनाको वाषिर्क प्रकाशन “सिपाही बाषिर्क-२०७२” पनि बिमोचन गरिन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here