९५ किलो गाँजा सहित २ जना पक्राउ

42
Want create site? Find Free WordPress Themes and plugins.

पौष,५-
जिल्ला प्रहरी कार्यालय मकवानपुरले ९५ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । आज बिहान हेटौँडा १७ स्थित रातोमाटेबाट उनीहरुलाई पक्राउ गरेको हो । ना ५ ख ९३३२ नंबरको ट्रकमा गाँजा रहेको सुराक प्राप्त भएपछि प्रहरीले रातोमाटेमा रहेको चेकपोष्टमा ट्रक रोक्न खोज्दा भागेपछि पिछा गरेर ट्रक नियन्त्रणमा लिएको र उनीहरुलाई पक्रन सफल भएको पत्रकार सम्मेलनको आयोजना गरि मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसन्तकुमार लामाले बताए । पक्राउ पर्नेमा ट्रक चालक सर्लाही जिल्ला हरिवन गाविस वडा नं ४ का महेश आलेमगर तथा सोही स्थानका राजकीशोर चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार उक्त गाँजा मकवानपुरको मनहरीमा लोड गरिएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here