​ छिमेकीसँग भएको विवादमा हँसियाले हान्दा एक युवकको मृत्यु

156
Want create site? Find Free WordPress Themes and plugins.

जेठ २०,डोटी– छिमेकीसँग सामान्य विवादमा हँसियाले हान्दा एक युवकको ज्यान गएको छ ।

डोटीको महादेवस्थान-८ बस्ने २२ वर्षका रणबहादुर रोकाया र ३२ वर्षका भीमबहादुर रोकायाबिच विवाद भएको हो । सामान्य विवादमा भीमबहादुरले हानेको हँसिया लागेर रणबहादुर घाइते भएको र उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो हँसिया प्रहारबाट घाइते भएका रणबहादुरलाई उपचारका लागि कोहलपुर लैजाने क्रममा बाटोमा ज्यान गएको हो । घटनास्थल जिल्ला सदरमुकाम डोटीबाट एक दिनको पैदल दुरीमा पर्छ । हँसिया प्रहार गर्ने भीमबहादुर रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शब परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here