अविरल वर्षाका कारण अवरुद्ध पृथ्वी राजमार्ग आजदेखि सञ्चालन

साउन,९-

अविरल वर्षाका कारण अवरुद्ध पृथ्वी राजमार्ग आजदेखि सञ्चालन भएको छ । बेनिघाटरोराङ गाउँपालिका–१० अन्र्तगत मौवाखोलामा मौवा खोलाको बाढीले राजमार्गमा रहेको पुल छेउको सडक भत्काएको थियो । भत्किएको सडक नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र सडक विभागका कर्मचारीको सहयोगमा निर्माण गरिएको हो । खोलाको छेउतर्फको भागमा ग्याभिन जाली लगाएपछि अवरुद्ध राजमार्गमा साना सवारी सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो । अवरुद्ध भएको सडकमा पर्खाल लगाइएको र माटो गिटी बालुवा भरिएपछि अस्थायीरुपमा सडक सञ्चालनमा आउनसक्ने अवस्थामा आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी रुपक खड्काले बताएका छन् । भत्किएको सडक नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र सडक विभागका कर्मचारीको सहयोगमा निर्माण गरिएको हो । खोलाको छेउतर्फको भागमा ग्याभिन जाली लगाएपछि अवरुद्ध राजमार्गमा साना सवारी सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो । अवरुद्ध भएको सडकमा पर्खाल लगाइएको र माटो गिटी बालुवा भरिएपछि अस्थायीरुपमा सडक सञ्चालनमा आउनसक्ने अवस्थामा आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी रुपक खड्काले बताएका छन् ।

-रासस

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्