आज थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि

साउन,२९-

नेपालमा बिहिबार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ८ सय ५९ जनामा गरिएको टेष्टमा ५२५ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। आज १०९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्