साउन,४-
म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गए राति वेम्वली स्टेडियममा भएको खेलमा आर्सनलले सिटीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । आर्सनलको जितमा दुवै गोल कप्तान पिएरे इमिरिक औवमियाङले गोल गरे । पहिलो हाफमा एक गोल गरेको आर्सनलले दोस्रो हाफमा पनि एक गोल थपेको थियो । पिएरेले १९ औं र ७१ औं मिनेटमा गोल गरेका थिए । आर्सनलले उपाधिका लागि चेल्सी र म्यानचेस्टर युनाइटेडबीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । चेल्सी र युनाइटेडबीचको खेल आज राति हुदैछ ।