भाद्र,२१-

मकवानपुरमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए ।उनका अनुसार, २९ जना महिला र ४३ जना पुरुष गरी मकवानपुरका थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा हेटौंडाका विभिन्न वडामा गरी ६२, कैलाश गाउँपालिकाका ४, भीमफेदी गाउँपालिकाका ४ जना र मकवानपुगढी गाउँपालिकामा २ जना रहेका छन् ।

बिबरण :

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्