असार,२४-

एलिना चौहान, समीक्षा अधिकारी, रचना रिमालको स्वरमा ‘आयौं चेली’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ । दीपक शर्माको संगीत रहेको गीतमा घनश्याम ओलीको शब्द छ। यो तीज गीतको भिडियोमा अल्का सुवेदी, सुकृति उप्रेती, उत्साह घिमिरेको मोडलिङ छ । सरोज ओलीको निर्देशनमा बनेको यो भिडियोमा नवराज उप्रेतीको छायांकन, अमन मानन्धरको सम्पादन छ । भिडियोमा मोडलहरूको साथमा तीन गायिकालाई पनि फिचरिङ गरिएको छ । तीज पर्व नजिकिदै जाँदा अहिले धमाधम गीत सार्वजनिक गर्ने क्रम बढेको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्