असार,१५-

आइतबार सलहले कपिलवस्तुको शिवराज नगरपालिकामा क्षति पुर्‍याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कपिलवस्तुमा भेटिएको सलहको झुण्डलाई नेपालमा भेटिएको मध्येको सबैभन्दा ठूलो भनेको छ । कपिलवस्तु कृषि ज्ञान केन्द्रले सलहका कारण जिल्लाको शिवराज नगरपालिका वडा नम्बर एक र ११ मा धान र मकैमा क्षति पुर्‍याएको जनाएको छ ।

नगरको ११ वडाका वडा सदस्य छबिलाल पराजुलीले सलहको ठूलो बथान आएको र यसले मकै र रोपेको खेतमा क्षति पुर्‍याएको जानकारी दिए । जिल्लामा सलह भेटिएको र क्षतिको विस्तृत विवरण आईनसकेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । सलहको अवस्था पहिचान गर्न प्राविधिकहरु परिचाल गरिए पनि नियन्त्रणको प्रयास भने सुरु भईनसकेको उनले बताए । जिल्लाको बुद्ध भूमी, शिवराज र कपिलवस्तु नगरपालिकामा सलह भेटिएको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्