असार,६-

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ६ सय पाँच पुगेको छ । पछिल्लो २४ घण्टामा थप तीन सय ३१ जनामा कोरोना पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म एक लाख ६९ हजार एक सय २५ जनाको पीसीआर विधिमार्फत र दुई लाख ५२ हजार तीन सय जनाको आरडीटी विधिमार्फत काेराेना परीक्षण भएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले बताउनुभयाे ।  त्यस्तै पछिल्लो २४ घण्टामा एक सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या एक हजार पाँच सय ७८ रहेको छ ।  

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्