खुकुलो लकडाउन, थप जोखिम बढ्यो

असार,१७-

सरकारले गत जेठ २८ गते लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो । सोहीअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ  । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ ।  यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ । 

यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला छन् ।  तर, जिमखाना, सपिङ मल, समूहमा खेलिने खेलमैदान, प्रस्तुतिहरु, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न रोक लगाइएको छ ।  यस्तै यात्रुबाहक सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै संक्रमणको थप जोखिम बढेको छ भने सर्वसाधारणले समेत पर्याप्त सावधानी अपनाएको पाइएको छैन ।  जोखिमकै बीच मन्त्रिपरिषद्को गत सोमबारको बैठकले खुकुलो बनाइएको लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ भनेहवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द रहने जनाएको छ । 

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्