अषाढ, १५-

गैरसरकारी संस्था महासंङघ मकवानपुर अध्यक्ष एवं राडो नेपालका कृष्ण धिताल चढेको स्कार्पियो दुर्घटना उनको श्रीमतीको ज्यान गएको छ । दुर्घटनामा धितालसहित ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार साँझ ६ बजे भएको दुर्घटनामा हेटौडा-५ बस्ने बर्ष ४८ की प्रभा गौतमको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको छ ।

दुर्घटनामा घाईते ५३ बर्षको कृष्ण धिताल, बर्ष २७ की बर्षा धिताल, बर्ष ४५ को स्कारपियो चालक राजन घिमिरे र बर्ष २५ को अनुज धिताल घाइते भएका छन् । घाइते मध्ये अनुज धिताल गम्भीर अवस्था रहेको जनाईएको छ ।घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । चितवन भरतपुर १९ सत्र किलोस्थित नारायणगढ मुग्लिन सडक खण्डमा मुग्लिनबाट नारायणगढ तर्फ आईरहेको बा१३च ५९२९ नम्बरको स्कार्पियो र बिपरित दिसाबाट गइरहेको एनएल ०१ क्यु ५१०६ नम्बरको ग्यास बुलेट एक आपसमा ठक्कर खाएको थियो ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्