असार,३०-

घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओली घुस रकमसहित पक्राउ परेका छन् । ठेक्कापट्टाको अनुमति पत्र (लाईसेन्स) बनाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस वापतको रकम लिइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो । ओलीले ९६ हजार ३ सय रुपैयाँ लिइसकेपछिको अवस्थामा पक्राउ गरिएको आयोग कार्यालय बुटवलका प्रवक्ता  सुरेश भुसालले रातोपाटीलाई जानकारी दिए । ओलीलाई  थप अनुसन्धानको  लागी बुटवल ल्याइँदैछ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्