चाैतर्फी विवादपछि वर्षा राउतले भनिन्– ‘बाेल्दै जाँदा गल्ती भयाे, अब हेक्का राख्छु’

केही दिनयता सामाजिक सञ्जालमा नेपालकाे नयाँ नक्सा प्रकाशित गरेकाे खबरलाई लिएर राजनीतिज्ञदेखि कलाकार र सर्वसाधरणले पनि प्रतिक्रिया दिइरहेका छन् ।  विशेषगरी भारतीय सञ्चारमाध्यमले नेपाल–भारत सीमा विवादबारे अतिरञ्जित बनाउने काम गरेकाे भन्दै नेपालमा मात्र नभइ केही भारतीय नागरिकले पनि आलाेचना गरिरहेका छन् । 

यही क्रममा अभिनेत्री वर्षा राउत पनि आफ्नाे बयानका कारण विवादमा तानिएकी थिइन् तर अहिले उनले माफी माग्दै आउँदा दिनमा यस्ताे गल्ती नगर्ने बताएकी छिन् । उनले आफू अलि भावुक स्वभावकाे रहेकाे र बाेल्दै जाँदा जिब्राे चिप्लिएकाे प्रतिक्रिया दिएकी छिन् । 

वास्तवमा हिजाे एउटा अन्तर्वातामा उनले भनेकी थिइन्, ‘सीमा विवादलाई लिएर एकआपसमा लडेर काम छैन । याे त टेबल टक गरेर सुल्झ्याउने विषय हाे । यसले गर्दा मलाई मेरा भारतीय साथीसँग कसरी कुरा गर्ने भन्नेबारेमा चिन्ता भइरहेकाे छ ।’ उनकाे याे भनाइकाे चाैतर्फी विवादपछि उनले सामाजिक सञ्जालमा माफी माग्दै यस्ताे लेखेकी छिन्–

सम्पूर्ण आदरणीय दर्शक तथा शुभचिन्तक साथीहरूमा नमन । कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु त्यसैले सकेसम्म कुनै…

Posted by Barsha Raut on Saturday, May 23, 2020

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्