जेठ,३०-

जनता समाजवादी पार्टी नेपालले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।  जसपा नेपालको आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । नेपालको नयाँ नक्साअनुसार निशान छापलाई परिमार्जनका लागि नेपालको संविधानको अनुसूची –३ संशोधन गर्न संसदमा प्रस्तुत गरिएको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको सो पार्टीका नेता विश्वदीप पाण्डेले बताए । 

यसअघि तत्कालिन राजपा नेपालको संसदीय दलले आफूहरुको माग अनुसार प्याकेजमै संविधान संशोधन नभए सरकारले ल्याएको संशोधन विधेयकको पक्षमा मतदान नगर्ने निर्णय गरेको थियो । तर तत्कालिन समाजवादी पार्टी खासगरि सो पार्टीका नेता डा।बाबुराम भट्टराईले मतदानको पक्षमा वकालत गर्दै आइरहेका थिए । त्यसो त तत्कालिन राजपा र समाजवादी पार्टीले संविधान संशोधनको छुट्टै विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् । अर्कोतिर समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्तुत गरेको विधेयक फिर्ता लिन माग गर्दै संसद सचिवालयमा छुट्टै विधेयक दर्ता गराएकी छिन् । तर समाजवादी पार्टीको संसदीय दलले सो विधेयक फिर्ता लिनका लागि निर्देशन दिएको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्