असार,५

बायर्न म्युनिखले लगातार आठौं पटक बुन्डेस्लिगा फुटबलको उपाधि जितेको छ । बायर्नले दुई खेल बाँकी छँदै लिगको उपाधि जितेको हो । मगलबार राति भएको खेलमा वेर्डर ब्रेमेनलाई १–० ले हराउँदै बायर्नले दुई खेल अगावै लिगको उपाधि जितेको हो । खेलको ४३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् । योसँगै लेवान्डोस्कीकाे लिगमा गाेलसङ्ख्या ३१ पुगेकाे छ ।

लिगमा ७ अंकको अग्रता रहेको बायर्नलाई उपाधि जित्न एक खेलमा जित आवश्यक थियो । ७६ अंकसहित शीर्ष स्थानमा रहेकाे बायर्नले तीन खेल खेल्न बाँकी रहेको बोरुसिया डर्टमण्डसँग १० अंकको अग्रता कायम गरेको छ । दोस्रो स्थानको डर्टमण्डको ६६ अंक छ । ब्रेमेन २८ अंक सहित रेलिगेशन जोनमा रहेको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्