जिवेशसिंह गुरुङ र बेनिशा पौडेलको स्वर रहेको गीत ‘फूलबुट्टे चोली’ सार्वजनिक भएको छ । ‘गज्जब क्रू’ टिमको तेस्रो प्रस्तुति यस गीतमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालको शब्द रहेको छ । गीतको भिडियो गज्जब टिभी युट्युबमार्फत शुक्रवार सार्वजनिक गरिएको हो । दीपक शर्माको सङ्गीत, साहस शाक्यको एरेन्ज, श्यामश्वैत रसाइलीको मिक्सिङ रहेको छ भने यस भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेका छन् । गीतको भिडियोमा कलाकारहरू सहिन प्रजापति, कुशल विष्ट, जिवेशसिंह गुरुङ, सुनिशा बजगाईँको बेजोड अभिनय रहेको छ । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् । लकडाउनका बेला घरमै बसिरहेका दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले गीत सार्वजनिक गरेको गीत निर्माण पक्षले बताएको छ ।
हाम्रो टिम
प्रबन्धक:- ओसन पौडेल
प्रधानसम्पादक:- दिपक शर्मा ढकाल
कोरिया कोर्डिनेटर:- नमराज लामिछाने
रिपोर्टर:- अन्जिता पौडेल
रिपोर्टर:- धिरज भन्डारी
रिपोर्टर:- शिवराज लामिछाने