जेठ,२३-

मिति २०७७/०२/२२ गते दिउँसो १५:१५ बजेको समयमा बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्र।नि. श्रीशंकर श्रेष्ठको कमाण्डमा खटिएको टोलिले जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ७ स्थितमा दुर्लभ वन्यजन्तु सालकको खपडा कारोवार भईरहेको अवस्थामा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं. १२ बस्ने बर्ष ३२ को लाल सिं बोम्जन, जिल्ला मकवानपुर मनहरी गा।पा। ७ बस्ने बस्ने बर्ष ३९ को अबमिकल घलान र जिल्ला चितवन राप्ती न।पा। वडा नं. ७ बस्ने बर्ष ५५ को बधुवा चौधरी समेतलाई कालो झोलामा ल्याएको ६५० ग्राम दुर्लभ वन्यजन्तु सालकको खपडा सहित पक्राउ गरी आवस्यक कारवाहिको
लागी डिभिजन वन कार्यालय राप्ती मनहरी, मकवानपुर पठाएको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्