साउन,६-

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ खबासेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । गएराति पहिरोले घर बगाउँदा २५ वर्षका मिलन खाँण, उहाँकी श्रीमती २२ वर्षकी सम्झना खाँण र १८ महिनाकी छोरी अन्जिताको ज्यान गएको गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले जानकारी दिनुभयो ।

पहिरो जाँदा घर बाहिर रहेका बुवा, आमा र भाइ भने सुरक्षित रहेको पनि थापाले बताउनुभयो । रातिको समय र एकान्तमा घर भएकाले पहिरोमा परेकाहरुलाई उद्धार गर्न नसकेको स्थानीयबासिन्दा हरि विकले जानकारी दिनुभयो । एउटा मात्र घर पहिरोले बगाएको र बाँकी ५ घर जोखिममा रहेको तथा ती परिवारलाई सामुदायिक भवनमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्