साउन,४-
आइतबारका लागि बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक साउन ६ मङ्गलबारसम्मका लागि सरेको छ । दलको आन्तरिक विषयमा सचिवालय र शीर्ष नेताहरु छलफलमा रहेकोले पटक पटक बैठक सर्दै आएको छ । नेकपा केन्द्रीय कार्यालयले आइतबार विज्ञप्ति जारी गरी बैठक मङ्गलबार ११ बजेसम्मका लागि सरेको जानकारी दिएको हो । यसैबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग आफूले कुनै सहमति नगरेको प्रतिक्रिया दिनुभएको छ । सचिवालय र स्थायी कमिटीका केही सदस्यसँगको भेटमा उहाँले मङ्सिर महिनामै महाधिवेशन गर्ने प्रस्तावमा आफू सकारात्मक भएको तर कुनै सहमति भने नभएको बताउनुभएको हो ।