असार,१४-

नेपाल प्रवेश गरेको सलह देशैभर पुगेको हुनसक्ने अनुमान कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको छ । तर कुनै पनि ठाउँमा ठूलो समूहमा नभएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए । मन्त्रालयमा प्राप्त पछिल्लो सूचना अनुसार चितवन र मकवानपुरमा भने बालीनाली हानी गर्न सक्ने गरी सलहको झुण्ड देखिएको छ । ‘चितवन र मकवानपुरमा बाली नालीमा क्षति पुर्‍याउने सहमूमै छ भन्ने छ,’ डा.केसीले भने । त्यसबाहेक हावामा छरिएर ससाना समूह वा संख्यामा सलह देशैभर पुगेको हुन सक्ने उनले बताए । त्यसरी पुगेका सलहले बालीमा हानी नगरेको पनि उनले बताए । वर्षा र मौसमी अवस्था अध्ययन गर्दा सलह पश्चिमतर्फ फैलिन सक्ने अनुमान गरिएको केसीले बताए ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्