साउन,१०-

नेपालमा कोरोना संक्रमित भएकामध्ये ७०.६ प्रतिशत निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म संक्रमणबाट ४५ जनाको मृत्यु भएको छ भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कुल १८ हजार ४८३ मध्ये १३ हजार ५३ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जानकारी दिए । उनले पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए । 

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्