भदौ,१३-

ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् । उनको शनिबार बिहान मृत्यु भएको हो । यसैगरी गएराति काठमाडौंकी ५१ वर्षीया महिलाको गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनको गएराति १०ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्