असार,१३-

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६०६ नमुनाको पीसीआर टेष्ट भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ बाट दैनिक १० हजार पीसीआर टेष्ट गर्ने दाबी गरेका थिए । तर टेष्टको संख्या बढ्नुको साटो घटेर ४६ सयमा आइपुगेको हो । मन्त्रालयको तथ्यांकअनुसार ६ असारमा सबैभन्दा धेरै ७४१६ नमुना परीक्षण भएको थियो । त्यसयता क्रमशः घटेर शनिबार ४६०६ मा आइपुगेको छ । हालसम्म कुल २ लाख १० हजार ८७६ नमुनाको पीसीआर टेष्ट भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्